चरक अस्पतालको सहयोगमा म्याग्दीमा नि:शुल्क स्वास्थ्य शिविर, ६५० जना लाभान्वित
म्याग्दी | पुस ८, २०८०
पोखरा: पोखरा महानगरपालिका ९ नागढुंगास्थित चरक अस्पतालको प्राविधिक सहयोगमा लायन्स क्लब अफ पोखरा अभियानले म्याग्दीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
लायन इन्टरनेशनल ३२५ आई नेपालका डिस्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीको प्रमुख आतिथ्यता सम्पन्न शिबिरबाट कुल ६ सय ५० जनाले लाभ लिएका छन् ।
बेनी नगरपालिको नेप्टेचौरस्थित राष्ट्रिय मावि प्राङ्गणमा शनिबार स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी दिदैें चरक मेमोरियल अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले बिरामीको अवस्था अनुसार औषधिसमेत वितरण गरिएको जानकारी दिए ।
उनका अनुसार सो शिविरमा मुटु जाँच, मिर्गौला जाँच, उच्च रक्तचाप तथा मधुमेह जाँच, महिला सम्बन्धी रोगका जाँचहरु गरिएको थियो ।
सो शिविरमा डा. प्रदीप काफ्ले, डा. सस्मी मानन्धर, डा. सन्देशप्रकाश पराजुली, गोपाल खनाल लगायतले स्वास्थ्य परिक्षण गरेका थिए ।
लायन्स क्लब अफ पोखरा अभियानका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक बलबहादुर केसीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन विनोदराज आचार्यले गरेका थिए ।
पोखरा: पाँच वर्षपछि पोखरामा आज (बिहीबार) देखि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा २१ औं संस्करणको च्याम्पियनसिप आजदेखि स...
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

